भदौ १९ दाङ – तुलसीपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा १९ जना घाईते भएका छन।
आइतबार बेलुका घोराहीबाट तुलसीपुर तर्फ जादै गरेको ना ४ ख ५१३१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका -७ हात्तीखवामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घाइते हुनेमा बस चालक बस चालक तुलसीपुर उपमहानगरपालिका -१७ का २५ बर्षिय शंकर बिक, सहचालक सोहि ठाउँका १९ बर्षिय बिनोद बिक तुलसीपुर -७ का १७ बर्षिय स्मृति पुन मगर, सोहि ठाँउका १८ बर्षिय सर्मिला रोका मगर, तुलसीपुर -८ दुधेनाका ५३ बर्षिय इन्दीरा काफ्ले, तुलसीपुर -१९ का २८ बर्षिय धना घर्ति, तुलसीपुर -६ का ५२ बर्षिय सुमित्रा कडेल, तुलसीपुर -९ का ७० बर्षिय तिलकराम खत्री, तुलसीपुर -११ हस्नापुरका ४२ बर्षिय लोकबहादुर गिरी, तुलसीपुर -१८ का २६ बर्षिय हुमाकुमारी बुढा मगर, तुलसीपुर -१२ का ५२ बर्षिय डिला केसी, तुलसीपुर -१४ का २८ बर्षिय प्रतिज्ञा बस्नेत, तुलसीपुर -११ कटाहका २८ बर्षिय कल्पना केसी, घोराही उपमहानगरपालिका -१६ सर्राका ३० बर्षिय सुरक्षा रिजाल छन ।
त्यसैगरी लमही नगरपालिका -१ का २१ बर्षिय बसन्ता भुषाल, रोल्पा रुन्टीगढी गाउँपालिका होलेरीका ७० बर्षिय सुुनमती सेजुवाल, बर्दियाको बाँसगढी -८ का २३ बर्षिय सुनिल थारु र महोत्तरी घर भई हाल तुलसीपुर -५ बस्दै आएका १९ बर्षिय दिपक कुमार यादब रहेका छन।
घाइते सबैकाे अवस्था खतरा मुक्त रहेकाे र कतिपय सामान्य उपचारपछि डिसचार्ज भइसकेको भएपनि कतिपयकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
बस तिब्र गतिमा रहेका बेला ब्रेक फेल भएर अनियन्त्रित भएपछि सडक छेउमै पल्टिएको र चालकलाई नियन्त्रणमा लिएर साेधपुछ भइरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।