भदौ १८ जाजरकोट – स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेकि महिलाको प्रहरीले उद्दार गरेको छ।

शनिबार प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा प्रसुती उपचारका लागि आएकि जाजरकोट नलगाड नगरपालिका -८ लुपाना बस्ने २७ वर्षिय लक्ष्मी वलीको उद्दार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

उक्त स्वास्थय केन्द्रमा उपचार हुन नसकि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भएपछि भौगोलिक विकटता र वर्षातको कारण स्थल मार्गबाट एम्बुलेन्स संचालन हुने सड्क अवरुद्ध भएकाले स्थानिय निकाय संग समन्वय गरी सुत्केरी लक्ष्मीकाे प्राथमिक स्वास्थ्य केन्द्र दल्लीबाट इलाका प्रहरी कार्यालय दल्लीकाे प्रहरी टाेलिले उद्दार गरि नेपाली सेनाको हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पतालमा सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १८ गते शनिवार