भदौ १८ बुटवल – अवैध प्रेमिका बनाएर गर्भवती समेत बनाई हत्या गर्ने एक जना दुई वर्षपछि पक्राउ परेका छन।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. -७ बस्ने काशीराम मुराउ रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएकाे छ।
मुराउले रुपन्देही सैनामैना नगरपालिका वडा न. -११ शितलापुर फायर लाईन महेन्द्र राजमार्ग देखी दक्षिण तर्फ रहेको शान्ति सामुदायिक वनको घना जंगलमा सात महिनाको गर्भ समेत पेटमा रहेकी तत्काल नाम वतन नखुलेकि गुल्मी अर्खवाङ घर भई रुपन्देहीको तिलोत्तममा बस्ने ३४ वर्षिय बसन्ती भनिने धनकुमारी अर्यालको २०७७ साल फागुन १० गते हत्या गरेकाे खुलेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए।
काशीराम र धनकुमारी करिब ४ वर्ष देखि अनैतिक सम्बन्ध राख्दै आएकाेमा पेटमा गर्भ बसेपछि काशीरामले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे।
आराेपित काशीरामकाे घरमा श्रीमती सहित तिन छोरी र एक छोरा समेत रहेका र मृतक धनकुमारीकाे पनि पुर्व श्रीमानबाट दुई छोरी समेत रहेकाे मृतकका बुवा ७० वर्षिय भक्तिराम अर्यालले आफ्नी छोरी धनकुमारीले लगाएको आमाले दिएको कालो घडी र हातमा रहेको टाटु, कालो माला र अनुहारको बनावटका आधारमा सनाखत अहिले आएर सनाखत गरेपछि अनुसन्धान थप अघि बढाउदै जादा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट विशेष अनुसन्धान टोली खटाएकोमा खटिएको टोलिले रुपन्देहीका विभिन्न स्थानहरु, कपिलबस्तु जिल्लाका जहदी, चार नम्वर पिपरा बुड्ढि चन्द्रैटा लगायतका स्थानमा एक हप्ता खटिई गई मृतकको पहिचान खुलाउनुका साथै २ बर्ष सम्म फरार रहेका प्रतिवादी काशीरामलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक मरासिनीले बताए।
काशिरामले प्रेमिका धनकुमारीलाई जंगलमा लगी घाटि थिचि हत्या गरी रुखमा बाधेर फरार रहेको कुरा हाल अनुसन्धानबाट खुल्न आएकाे र भदौ १६ गते पक्राउ परेका काशीराम माथि ज्यान सन्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक मरासिनीले बताए।