भदौ १७ दाङ – बस दुर्घटना हुदा १६ जना घाइते भएका छन।
शुक्रबार बेलुका नारायणघाटबाट बर्दियातर्फ जाँदै गरेकाे ना ५ ख ९६७९ नम्बरको बस लमही नगरपालिका -९ शिबखोला नजिकै पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।
घाइते हुनेमा दाङको लमही नगरपालिका -५ का ५६ बर्षिय दामोदर अधिकारी, राप्ती गाउँपालिका -३ का २६ बर्षिय सुदर्शन चौधरी, प्युठानको झिमरुक गाउँपालिका -४ का १८ बर्षिय अस्मिता केसी, बर्दियाको मधुबन नगरपालिका -५ का ६२ बर्षिय गुठि सोनाहा, बर्दिया मधुबन नगरपालिका -५ दिप सोनाहा, साेहि ठाउँका श्याम सोनाहा, बर्दियाको बढैयाताल गाउँपालिका -७ का ५० बर्षिय दिलकुमारी पौडेल, सोहि ठाउँका ७२ बर्षिय चण्डीप्रसाद चापागाई, उनकि श्रीमती खगिसरा चापागाई, ३२ बर्षिय टेकराज रेग्मी, बाँकेको कोहलपुर नगरपालिका -१० का ४२ बर्षिय बिमला बुढाथोकी, बाँके नेपालगञ्ज उपमहानगरपालिका -१८ का ४२ बर्षिय राधा खड्का, सोहि ठाउँका ३३ बर्षिय धनकुमारी पुन, चितवन भरतपुर महानगरपालिका -४ का ४५ बर्षिय गितादेबि पन्त, उनकै श्रीमान ५५ बर्षिय डोलेन्द्रराज पन्त र चितवनको खैरेनी नगरपालिका -२ का २८ बर्षिय सरस्वती सेढाई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
चालकले ब्रेक फेल भएको प्रहरी समक्ष भनेकाे र घाइते भएका सबैलाई उपचारको लागि कोहलपुर पठाइ बस चालक चितवनको माडी नगरपालिका -६ का ३८ बर्षिय अर्जुन चापागाई र सहचालक बर्दिया मधुबन नगरपालिका -८ का २२ बर्षिय रुपक शर्मालाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक गौतमले बताए।