भदौ १६ राेल्पा – अटाे दुर्घटना हुदा एक बालकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन।
मृत्यु हुनेमा माडी गाउँपालिका -२ घर भई हाल राेल्पा नगरपालिका -२ मुलपानी बस्ने २८ वर्षिय ललिता घर्तीकाे १५ महिनाकाे छाेरा अनमाेल घर्तीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
बिहीबार बेलुका ५ बजेतिर सदरमुकाम लिबाङबाट रेउघातिर जाँदै गरेकाे रा १ ह ३०२२ नम्बरको अटाे राेल्पा नगरपालिका -२ घट्टेखाेला नजिक दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
दुर्घटनामा परि मृत्यु हुने अनमाेलकाे उपचारकाे क्रममा जिल्ला अस्पताल रेउघामा बेलुका करिब ७ बजेतिर मृत्यु भएको हाे। घाइते हुनेहरुमा मृतक अनमाेलकि आमा ललिता, राेल्पा नगरपालिका -१ घरभई हाल साेहि नगरपालिका -२ मुलपानी बस्ने ३३ वर्षिय मनकुमारी कुँवर, उनकि ११ वर्षिय छाेरी राेशनी कुँवर र राेल्पा नगरपालिका -१ हरिकाटिना बस्ने १८ वर्षिय जानकि रावत रहेकाे र घाइते मध्ये जानकिकाे अवस्था मध्यम र बाँकि सबैको सामान्य रहेको छ उनिहरु सबैलाई जिल्ला अस्पताल रेउघा पठाइएको र अटाे चालक राेल्पा नगरपालिका -२ बस्ने श्यामकुमार बुढालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक भुसालले बताए।
घाइते सबैको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेकोमा अवस्था सुधार देखिएपछि डिसचार्ज गरिएको जिल्ला अस्पताल रेउघाका मेडिकल अधिकृत डा.आधार ओेलीले जनसहारासंग बताए।