भदौ १४ राेल्पा – सुमो गाडी दुर्घटना हुदा ६ जना घाइते भएका छन।

मंगलबार बेलुका राेल्पा सदरमुकाम लिबाङबाट दाङ जाँदै गरेकाे बा १ ज ६६०८ नम्बरको सुमाे गाडी सुनिलस्मृति गाउँपालिका -४ प्रवेश नगर `ख´ छिर्ने भन्ने ठाउँ नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घाइते हुनेहरुमा कञ्चनपुर कृष्णपुर नगरपालिका -५ बस्ने ३५ वर्षिय गंगा ताम्राकार अबस्था समान्, राेल्पा सुनिलस्मृति -३ रुनिबाङ बस्ने ३८ वर्षिय सुनिल मियाँ अवस्था सामान्य, साेहि ठाउँका ३४ वर्षिय रमसलि बिक अवस्था सामान्य र राेल्पा सुनछहरी गाउँपालिका -४ जेलबाङ बस्ने १७ वर्षिय रामकुमार बिक अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

गाडी सडकबाट करिब १५ मिटर तल खेसेकाे थियाे। घटनाको भए लगत्तै ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले घाइतेहरुलाई प्राथमिक स्वास्थचाैकी सुलिचाैर पठाई चालक संग बुझदा चालकले ब्रेकफेल भएर दुर्घटना हुन पुगेकाे प्रहरी समक्ष बताएका छन भने चालकलाई ईलाका प्रहरी कार्यालय सुलिचौरकाे नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार