भदौ १४ सल्यान – एक वृद्ध मृत फेला परेका छन।
मृ फेला पर्नेमा बागचौर नगरपालिका -४ लौराबाङ बस्ने ७२ वर्षिय हरि बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पुन साेमबार बेलुका करिब ५ बजेतिर साेहि ठाउँ स्थित खरबारी भन्ने ठाउँमा भान्ज बुहारीकाे घर पुगि बेलुका ८ बजेतिर घर फर्किएकाे भनेपछि घरपरिवार र भान्ज बुहारी परिवारबाट सम्पर्क बिहिन भएपछि खाेजि गर्दा बागचौर नगरपालिका -५ स्थित नाउलामा शारदा नदि किनारमा गएराति २ बजेतिर आफ्नतले शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले बताए।
पुनले प्रायःजसो अत्यधिक मदिरा सेवन गर्ने गरेकाे परिवारले जनाएको छ। घटनाबारे परिवारले ईलाका प्रहरी कार्यालय सिमखाेलीलाई जानकारी गराएपछि प्रहरी नायव निरीक्षक जयराम बुढाथोकीकाे कमान्डमा तीन जना प्रहरी टाेलि घटनास्थल पुगेकाे र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय थारमारेबाट निरीक्षक कनक बहादुरकाे कमान्डमा एसओसिओ सहितकाे टाेलि घटनास्थल पुगि अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक खनालले बताए।