भदौ १३ सल्यान – तिजकाे दर खान भन्दै माइत हिडेका सवार अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका–१० नयाँबस्तीमा सोमबार बेलुका दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरकी ३० वर्षीया धनीकुमारी पुन र अन्दाजी ७० वर्षीया कमलाकुमारी पुनकाे उपचारको क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले बताए।

घाइते हुनेहरूमा अटाे चालक शारदा न.पा.१० नयाँगाउका अन्दाजी १८ वर्षिय धनिराम बुढाथोकी अवस्था अवस्था मध्यम, साेहि ठाउँ बस्ने अन्दाजी ३० वर्षिय अमृता बबाल अवस्था मध्यम र उनकाे छोरा अन्दाजी २ वर्षिय अबिषेक बबाल अवस्था सामान्य, साेहि ठाउँका २० वर्षिय अस्मिता पुन अवस्था मध्यम र उनका छोरा ३ वर्षिय शुसान्त पुन अवस्था मध्यम रहेकाे प्रहरी निरीक्षक खनालले बताए।

अटाे सडकबाट करिब १०० मिटर तल खसेकाे छ। अहिले घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र मृतक दुई जनाकाे पाेष्टमार्टमका लागि तयारी गरिएको प्रहरी निरीक्षक खनालले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार