भदौ ८ काठमाडौं – बैंकिङ कसूर मुद्दामा फरार एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा रूकुम (पूर्व) सिस्ने गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेकाे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ।
बुढाथोकी विरुद्ध उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले उक्त मुद्दामा २४ दिन कैद सजाय र १ करोड १९ लाख ४ हजार रूपैयाँ जरिवाना ताेकेपछि फरार भएकाेमा मंगलबार काठमाडौ सुकेधाराबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।
उनलाई थप कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।