भदौ ८ काठमाडौ – नाबालिक माथि बलात्कारको अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी दुवै जिल्लामा तोकिएको छ।

शाह माथिकाे उक्त मुद्दामा नवलपुर जिल्ला अदालतले आज बुधबार र तनहुँ जिल्ला अदालतले आगामी १५ गतेका लागि पेशी तोकेकाे छ।

अब अदालतबाट शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने एक फैसला हुने छ। पेसीपछि कारागार मुक्त वा कारागार भित्र बाट नै आफू विरुद्धको मुद्दा लडन पाउँछन्। यसअघि पनि शाहले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकृत गरिदिएपछि अहिलेसम्म पनि शाह थुनामै छन।

गत फागुन ११ गते नावालिक माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा शाह माथि उजुरी परेको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार