भदौ ५ बागलुङ – श्रीमानकाे हत्या अभियाेगमा श्रीमती र साली पक्राउ परेकि छन।

निसीखोला गाउँपालिका-४ स्थीत निसीखोलामा भदौ १ गते टाउको काटिएको पुरुषको शव फेला परेपछि हातमा भएको ट्याटुबाट प्रहरीले निसीखोला गाउँपालिका-५ का तुलबहादुर विकको शव भएको पहिचान गरेकाे थियाे।

साेहि घटनाबारे अनुसन्धान गर्दै जादा अन्तमा आएर श्रीमती र सालीकाे संलग्नतामा तुलबहादुरकाे हत्या भएको खुलेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

पक्राउ पर्नेमा तुलबहादुरकि श्रीमती २२ वर्षिय कुमारी कामी र साली १८ वर्षिय मनिषा विक रहेकि छन।

कसरी घटयाे घटना ?

तुलबहादुर गत साउन २४ काठमाडौंबाट घर फर्किएका थिए। विदेश जानका लागि भिजा लगाउन काठमाडौं पुगेर घर फर्केका उनी २५ गते दिउँसो साथीहरु सहित मदिरा सेवा गर्न आफ्नाे घर नजिकैको स्थानीय पसलमा आफू विदेश जाने तयारीमा रहेकाले साथीहरुसंग बिदाइ पार्टी गर्ने योजना अनुसार उनी भट्टी पुगेका थिए। त्यहाँ करिब १०/१२ जना साथिहरु संग मदिरा सेवन गरेर सबै साथिहरु भोलिपल्ट ढोरपाटन मेला हेर्न जाने सल्लाह पछि छुटिएपछि घरमा आएका तुलबहादुर भाेलिपल्ट मेला जानका लागि साथिहरु संग भेट पनि नभएको र घरमा पनि श्रीमती कुमारीले मेला जानुभयो भनेपछि बेपत्ता रहेकाे बुझिएकाे र हत्या गत साउन २५ गते राति करिब ११ बजेतिर नै भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए।

तुलबहादुरकाे मृत्यु बारे अनुसन्धानमा प्रहरीले कल डिटेल र फेसबुक डिटेल चेक गरेपछि परस्त्रीसँग कुराकानी गर्ने गरेकाे र घटनाकाे मुख्य कारण पनि त्यहि बनेकाे पाइएको छ।

जब काठमाडौबाट साउन २५ गते घरमा आएका तुलबहादुर मदिराले मातिएका थिए। त्यसपछि रातमा श्रीमती संग सहवासका क्रममा परस्त्रीकाे नाम सहित श्रीमती कुमारीसंग सहवास गरिरहे पछि सहवास सकिएपछि पनि श्रीमतीलाई अनेक गाली गर्दै अन्य महिलाकाे नाम लिएपछि श्रीमती कुमारीले दाउराकाे चिर्पट, घन र खुकुरीकाे प्रयाेग गरि हत्या गरेकाे उनी सालि मनिषाकाे बयानबाट खुलेकाे प्रहरी उपरीक्षक ज्ञवालीले बताए।

मनिषाले प्रहरीलाई दिएकाे बयान अनुसार साउन २५ गते राती तुलबहादुरकि श्रीमती कुमारी हातैभरी रगत सहितको खुकुरी बोकेर बहिनी मनिषा सुत्ने माथिल्लो तलाकाे काेठामा पुगेर `तेरो भिनाजुलाई मारिदिएँ, भन्दै खुकुरीले आधा घाँटी रेटेर टाउको र शरीर अलगअलग बनाई डोकोमा बोकेर नजिकै रहेको निसीखोलामा लगेर बगाएको´ मनिषाले प्रहरीलाई बताएकि हुन।

अहिले दुईबहिनि विरुद्ध जिल्ला अदालत बागलुङबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए।

प्रकाशित मिति : २०७९ भाद्र ५ गते आइतवार