भदौ ४ काठमाडौ – गएराति बाँकेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प बाँकेमा केन्द्र बिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बाँके, बर्दिया, दाङ , सल्यान, राेल्पा, रकुम पुर्व, रुकसम पश्चिम, कपिलवस्तु, रुपन्देही सहित पश्चिम नेपालका अधिकांश जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस भएको जनाइएको छ।

भुकम्पबाट अहिलेसम्म कहिकतै केही क्षतिकाे विवरण प्राप्त नभएको र बढी पहाडी क्षेत्रमा धक्काकाे प्रभाव परेकाले क्षति भएको अनुमान गरिएकाे मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार