भदौ १ रुकुम (पश्चिम) – एक युवा मृत भेटिएका छन।
मृत फेला पर्नेमा रूकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं -९ सिम्ली बजारका अमृत बिक रहेका छन।
उनी बुधबार बेलुका साेहि गाउँपालिकाकाे चाइनाबगर भन्ने ठाउँमा रक्ताम्य अवस्थामा मृत फेला परेका हुन। उनकाे टाउको लगाएत अन्य भागमा गहिरो चाेट रहेको हुदा र घटनाकाे प्रकृति हेर्दा हत्या नै भएको आशंका गरिएको स्थानीयले बताएका छन।
घटनास्थलबाट प्रहरीले उनकाे शव उठाएर पाेष्टमार्टमका लागि लिइसकेको र हत्याको कसले गर्याे भन्ने एकिन नभए पनि केही शंकाकाे घेरामा परिसकेको स्थानीयले बताएका छन।
स्थानीयका अनुसार मृतक अमृत केसीबाट बिटालिएर अहिले बिक थर भएको र उनी कर्णाली प्रदेशकि निवर्तमान मन्त्री तथा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका पारिवारिक सदस्य समेत हुन।