भदौ १ पाल्पा – झुन्डिएकाे अवस्थामा एक महिला मृत फेला परेकि छन।

मृत्यु हुनेमा निस्दी गाउँपालिका -७ लावेटारका दानबहादुर सारुकाे श्रीमती ३९ वर्षिय लिला कुमारी थापा सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

लिलाले आफ्नै घरकाे ब्रान्डामा नाम्लाेकाे पासाेमा झुन्डिएको अवस्थामा मंगलबार राति ११ बजेतिर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक गौतम बाेहराले बताए।

घटनाको खबरपछि प्रहरी चौकि रुक्सेभञ्याङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट अनुसन्धान अधिकृतकाे टाेलि सहित खटिएको प्रहरीले शव पाेष्टमार्टमका लागि पठाएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बाेहराले बताए।

प्रकाशित मिति : २०७९ भाद्र १ गते बुधवार