साउन २८ सल्यान – विदाकाे दिन हुइकिएकाे गाउँपालिकाकाे गाडी र निजि बाेलेराे पिकअप एकआपसमा ठाेकिएका छन।
कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथाेकि सवार गाउँपालिकाकाे बा २ झ ४२४६ नम्बरको स्कारपियाे नेपालगञ्ज तिर जाँदै गरेकाे र सल्लि बजारबाट सुनौलि बजार तिर जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ च ०२५९ नम्बरको बाेलेराे पिकअप बनगाड कुपिण्डे नगरपालिका -६ क्रसर उद्योग नजिकै शनिबार दिउसो करिब १ बजेतिर ठाेकिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनाबाट दुवै गाडीमा क्षति पुगे पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्ताेष खनालले बताए।
बिदाकाे दिनमा सरकारी गाडी संचालन प्रतिबन्ध नीति अनुरुप आवश्यकताकाे आधारमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान अनुसार जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर नै व्यक्तिगत प्रयोजनका लागि गाउँपालिका अध्यक्ष बुढाथाेकि पार्टीको कामका लागि नेपालगन्जका हुँदै काठमाडौका लागि हिडेकाे गाउँपालिकाले जनाएको छ।
सार्वजनिक विदाका दिनमा सरकारी कार्यालय वा निकायहरूले कार्यालयका सवारी साधनहरू सञ्चालन नगर्न भन्दै गृह मन्त्रालयले गत जेठ ३ गतेको देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय मार्फत उक्त निर्णय कार्यनयन गर्न भन्दै बिदाकाे दिन अनुमति बिना संचालन हुने सवारीसाधनलाई नियन्त्रणमा लिनका लागि प्रत्येक जिल्ला प्रशासनले प्रहरीलाई निर्देशन दिइसकेकाे भए पनि प्राय:जिल्लामा यसकाे कार्यनयन फितलाे देखिएको छ। तस्बिर: दुर्गा बिसी सल्यान