साउन २८ रुकुम (पुर्व) – जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) काे भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन।
पुथाउत्तरगंगा गाउँपालिका–११ स्थित तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) ले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) मा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु रहेको र दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ, प्रहरी जवान सन्तोष बुढा मगर, इन्द्र घर्ती र भ्यान चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) का प्रवक्ता प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए।
घाइते ५ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् दुई ट्रिपमा कोहलपुरस्थित शिक्षण अस्पताल पुर्याइएको अनुगमन तथा नियमित कामको शिलशिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार सहितको टोली तकसेरा जादा दुर्घटना भएको र दुर्घटनाको कारण भने ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक खत्रीले बताए।