साउन २७ पाल्पा – एक जना पुरुष मृत फेला परेका छन।

रामपुर नगरपालिका -५ मटेरी बस्ने ५५ वर्षिय मनबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सुनार शुक्रबार दिउसाे करिब साढे १ बजेतिर आफ्नै घर देखि २५० मिटर टाढा रहेको भित्री सडक खण्डको छेउमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक गौतम बाेहराले बताए।

घटनाको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले घटनास्थलकाे अनुगमन गरि शवकाे पाेष्टमार्टमका लागि पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक बाेहराले बताए।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार