साउन २६ स्याङ्जा – एक जना पुरुष मृत अवस्थामा भेटिएका छन।

वालिङ नगरपालिका -९ का पूर्व वडा अध्यक्ष ५५ वर्षिय बसन्त श्रेष्ठ वालिङ नगरपालिका -१३ गाहाखोलाको भित्री सडक छेउमा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

गाहाखाेलाबाट आँधीखाेला जाने सडकमा बिहीबार बिहान करिब ७ बजेतिर ग १६ प ५४४१ नम्बरको स्कुटी पल्टिएको र मान्छे लडिरहेको भन्ने खबर पाएपछि घटनास्थलमा प्रहरी पुग्दा श्रेष्ठ मृत अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।

श्रेष्ठ र स्कुटी नजिकै नुडाेन लेखेकाे किटनाशक विषादीको बाेतल खाेलेकाे अवस्थामा भेटिएकोले दुर्घटना वा आत्महत्या अहिले नै भन्न नसकिने र पाेष्टमार्टम रिपोर्ट र अनुसन्धानपछि एकिन हुने प्रहरी नायव उपरीक्षक खनालले बताए।

श्रेष्ठ स्थानीय तह निर्वाचन २०७४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २०७९ साउन २६ गते बिहिवार