साउन २५ संखुवासभा – प्रेमीले धोका दिएकाे भन्दै एक युवतीले आत्महत्या गरेकि छन।
ईटहरी उपमहानगरपालिका सुनसरीकी २१ वर्षीया श्रद्धा घिमिरेले आफ्नो प्रेमीले धोका दिएपछि आत्महत्या गरेकाे बुझिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
उनले आफू सुत्ने कोठामा सलको प्रयाेग गरि झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए।
दिदी भिनाजुको घरमा बसेर सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गरिरहेकाे बताइएको छ। घटनाको इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक सुवेदीले बताए।