साउन २३ रोल्पा – सुमो गाडी दुर्घना हुँदा ६ जना घाइते भएका छन् ।
साेमबार दिउँसो करिब १ बजेतिर बुटवलबाट लिबाङतर्फ आउदै गरेको भे १ ज १७७१ नं.को सुमोगाडी रोल्पा नगरपालिका वडा नम्बर -१ भदौरे मन्दिरको नजिकै ओरालो बाटोमा अनियन्त्रित भइ गाडी सडकदेखि करिब १० मिटर खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
घाइते हुनेहरुमा रोल्पा नगरपालिका -९ ह्वामाका २६ वर्षीय दिबिसा बुढा, सोही ठाउँका ३१ वर्षीय कमल प्रसाद बुढामगर, रोल्पा नगरपालिका -७ माडीचौरका २८ वर्षीय भिमली घर्तीमगर र गंगादेव गाउँपालिका- ७ जायचौर निबासी २४ वर्षीय नरेन पुन, रोल्पा नगरपालिका -३ खुमेलकि संगीता परियार र सोही ठाउँका ३४ वर्षीय पर्शुराम परियार रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
घाइते मध्ये रोल्पा नगरपालिका -३ खुमेलकि संगीता परियार र सोही ठाउँका ३४ वर्षीय पर्शुराम परियारलाई जिल्ला अस्पाताल रेउघामा सामान्य उपचार पश्चात थप उपचारको लागि अपरान्ह ४ बजेतिर लुम्बिनी प्रादेशिक अस्पताल बुटल रिफर गरिएको र उनिहरुकाे अवस्था मध्यम रहेको छ भने घाइते मध्ये अन्य चार जनालाई जिल्ला अस्पताल रेउघामा उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरीक्षक भुसालले बताए।
उक्त गाडी चालक दाङका घोराही उपमहानगरपालिका -४ गोग्लीका २५ वर्षीय अर्जुन बिकलाई प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक भुसालले बताए।