साउन २१ राेल्पा – एक सामुदायिक वनमा महिलाकाे शव फेला परेकाे छ।

रुन्टिगढी गाउँपालिका -६ बस्ने प्रेम बहादुर घर्तीकाे श्रीमती ४४ वर्षीया पानसरी घर्ती सोही ठाउँस्थित निगालपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

शुक्रबार उक्त वनमा दाउरा काट्न गएकी घर्ती घर नफर्किए पछि परिवार र स्थानीयले खोजीकार्य गर्ने क्रममा शनिबार बिहान करिब १० बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जनसहारासंग बताए।

शवकाे दाङ घाेराही स्थित लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाेष्टमार्टमपछि परिवारकाे जिम्मा लगाई
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताए।

प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार