साउन २० राेल्पा – गंगादेव गाउँपालिकाकाे नाम परिवर्तन गर्न गाउँपालिकाले प्रक्रिया सुरु गरे संगै उक्त कार्य विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
गाउँपालिकाकाे नाम गंगादेव बाट तत्कालीन सुकिदह नै कायम गर्ने भन्दै कार्यपालिका र गाउँसभाबाट अनुमाेदन गरेर पालिकाकाे नाम परिवर्तन प्रक्रिया अन्तर्गत दोस्रो चरण सुरु भएको भन्दै गाउँपालिकाले नाम परिवर्तनको लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेकाे अवस्थामा सर्वोच्चमा रिट परेकाे हाे।
उक्त प्रक्रिया रद्ध गर्न त्यस विरुद्ध गाउँपालिकाकाे नाममा गंगादेव गाउँपालिका -२ का स्थानीय बेलबहादुर दमाईले बुधबार सर्वोच्चमा मंगलबार रिट दायर गरेका हुन। रिट दायर गर्ने दमाई साेहि वडाका निवर्तमान वडा अध्यक्ष भुपाल दमाईका सहाेदर दाइ हुन।
दमाईले मंगलबार दायर गरेकाे रिटमा निवेदककाे तर्फबाट अधिवक्ता प्रभाकर भट्टराईले गरेकाे बहस अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालकाे एकल इजलासले उक्त प्रक्रिया निवेदकबाट किन जारी नहुनु नपर्ने हाे त्यसकाे आधार साबुत प्रमाण १५ दिन भित्र र विपक्षले मध्ये विपक्ष नं.-५ ले लुम्बिनी प्रदेश महाधिवक्ताकाे कार्यालय मार्फत र विपक्षी नं.-६ र ७ ले लुम्बिनी प्रदेश मुख्य न्यायधिवक्ताकाे कार्यालय मार्फत तथा अन्य विपक्षीकाे हकमा आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश समेत दिएको छ।
उक्त रिट सम्बन्धि दुवै पक्ष संग छलफल गरि उपयुक्त समय प्रयाेजनका लागि भन्दै आगामी भदौ १४ गते उक्त इजलास मार्फत पेशी समेत ताेकिएकाे छ।