कात्तिक २३ डाेटी – जिल्लाकाे शिखर नगरपालिका वडा न:१० बनडाेरी सैनका १२ वर्षिय सतिश ठगुन्नाकाे जीवन रक्षाका लागि सहयाेगकाे अनुरोध गरिएकाे छ ।

आर्थिक अवस्था कमजाेर रहेकाे उक्त ठगुन्ना परिवारमा एक वर्ष पहिले घर नजिकै खेल्दै बयर खादै गर्दा करेन्ट लागेर दुवै हात गुमाएका सतिशकाे थप उपचारका लागि छटपटिरहेका छन। ज्याला मजदुरी गरेर जिविका चलाउने उक्त परिवारमा अहिले कमाउने मान्छे समेत नहुदा दैनिक छाक टार्न गार्‍हो भएकाे सतिशकी आमा बिस्ना ठगुन्नाले बताउछिन।

सतिशका बुवा यज्ञ ठगुन्ना कमाउन भन्दै तीन वर्ष पहिले भारत गएका थिए। तर यता छाेराकाे यस्तो अवस्था हुदा र परिवार बिचल्ली हुदा समेत उनी सम्पर्कमा छैनन। यस्ताे दर्दनाक अवस्था हुदा सतिशले पढाइ त कल्पना समेत गर्न पाएका छैनन।  सुविधा सम्पन्न अस्पताल त के नजिकैकाे सामान्य अस्पतालमा  चेकजाच गराउन पनि पैसा छैन। पारिवारिक अवस्था निकै नाजुक भएकाे हुदा घटना भएकाे समयमा तत्काल स्थानीय र आफ्नतहरुले चन्दा संकलन गरेर जसाेतसाे ज्यान बचाइदिएकाे भए पनि निरन्तर अस्पतालमा चेकजाँच गराउनु पर्ने डाक्टरकाे सल्लाह छ तर आर्थिक अभावकै कारण  छाेराकाे पूरा उपचार गर्न नसकेकाे आमा बिस्ना भावुक हुँदै भन्छिन। उनी थपछिन नत कमाउन गएका श्रीमान सम्पर्कमा छन नत छाेराकाे अवस्था ठिक छ  बिस्ना भक्कानिदै भन्छिन्।

जाे कमजाेर छ उसैलाई दैवकाे बज्रापात भने झै सतिशले त्याे पीडा भाेगिरहेका छन। यस्ताे अवस्था देखेपछि स्थानिय कलसी राेकायाले आफ्नाे फेसबुकमा उक्त सतिशकाे सहयाेग अपिल गर्दै पाेष्ट गरेकि छन। उक्त विष्णाकाे परिवारकाे अहिले आफ्नाे सिङगाे घर छैन देवरकाे घरमा एक सानाे काेठामा सहारा लिएर बसिरहेका छन। बाहिरिय सामान्य कुरा केही पनि थाहा नपाएकि विष्णालाई सतिशकाे सहयाेगका लागि बैक खाता खाेल्न राेकायाले आफैले ब‌ैकमा ल्याएर खाता खुलाइ दिएकाे बताइन। अब सतिशकाे केही उपचार र पढाइको लागि आर्थिक संकलन गर्नु भन्दा अर्काे विकल्प नभएकाले सबैलाई अनुराेध गरिएको राेकाया बताउछिन। सहयाेगका लागि सतिशकाे आमा बिस्ना देवि ठगुन्नाकाे नाममा रहेकाे इभरेष्ट बैककाे डाेटी शिखर नगरपालिका स्थित गौघाट शाखामा रहेकाे खाता नम्बर ०६६००५२५२०८०३ मा जम्मा गर्न सकिने जनसहारालाई उनै कलसी राेकायाले जानकारी दिएकी छन।

कलसी राेकायले पठाएको याे भिडियो हेर्नुहाेस:

प्रकाशित मिति : २०७७ कार्तिक २३ गते आइतवार