साउन १९ सल्यान – नेत्रविक्रम चन्द `विप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य तथा सल्यान जिल्लाका पुर्व इन्चार्ज बिहीबार मृत फेला परेका छन् ।
।
छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर स्थायी ठेगाना भएका `लाेक्पाल´ भनिने लाेेकमान केसी बागचौर नगरपालिका–१० मोखला नजिकै धान खेतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
स्थानीयले शव देखेकाे खबर प्रहरीलाई आएपछि घटनास्थल पुगेकाे प्रहरी टाेलिले शवकाे पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको छ भने केसीको मृत्युु कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
गत स्थानीय तहकाे निर्वाचनमा नेकपाकाे समर्थनमा छत्रेश्वरी गाउँपालिकाकाे अध्यक्षमा स्वतन्त्रबाट निर्वाचन लडेका केसी पराजित भएका थिए।