साउन १६ राेल्पा – यसअघि गाउँपालिकाकाे गाडी चालकलाई थन्क्याएर वडा अध्यक्षलाई चालककाे रुपमा प्रयाेग गरेकाे भन्दै रून्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन विवादमा तानिएका छन।

वडा नं.–१ का वडाध्यक्ष थमबहादुर घर्तीलाई गाडी चालकका रूपमा गाउँपालिका अध्यक्ष पुनले प्रयोग गर्दै आएकाे र चालककाे रुपमा प्रयाेग भएका वडा अध्यक्ष कार्यालयमा दुई हप्ता यता उपस्थित नभएको साेहि वडाका सेवाग्राही दुखेसाे रहेको बताइएको छ।

स्थानीय तहको निर्वाचन जितेसँगै गाउँपालिका अध्यक्ष पुनले चालक विज्ञान सापकोटालाई कार्यालयमै थन्काएर वडाध्यक्ष घर्तीलाई चालक बनाइएकाे आराेप गाउँपालिका अध्यक्ष माथि छ।

करारका अन्य सबै कर्मचारीहरू आ–आफ्नो विभागमा खटिए पनि गाडी चालक सापकोटालाई भने बिदामै बसालिएकाे छ।

के भन्छन गाउँपालिका अध्यक्ष पुन ?

गाउँपालिका अध्यक्ष पुनले बाहिर आए जस्तो तथानाम सबै आराेप सत्य नभएको र राजनिती प्रभावकै कारण आफू विरुद्ध अनेक विकल्प खाेजेका केही तत्वले भए भन्दा बढी कुरा थपेर मिडिया बाजि गरेकाे दाबि गरेका छन।

आफुले गाडी चालकलाई नियतवस काम काम बिहिन नबनाएकाे र अहिले वडा अध्यक्ष घर्तीले गाडी चलाउने गरेकाे अध्यक्ष पुनले जनसहारा संग स्विकार गरेका छन।

जनसहारा संग कुरा गर्दै अध्यक्ष पुन भन्छन्; `वास्तविकता नबुझेर जसरी बाहिर अफवाह फैलिएको छ खेदजनक छ, हाे, अहिले ड्राइभरले गाडी चलाउदैनन, किनभने उनकाे करार अवधि सकिएकाे र नयाँ थप नभएकाले उनी काममा छैनन कुरा त्यहि मात्रै हाे, र वडा अध्यक्षलाई प्रयाेग गरेकाे हाेइन अत्यावश्यक काम पर्दा मात्रै उहाँले सिपले पनि ड्राइभिङ जानेकाे हुदा कहिलेकाही चलाउनु हुन्छ,´ उनले भने।

अन्य करार कर्मचारीकाे करार अवधि थपिनु तर चालककाे किन थपिएन ? भन्ने प्रश्नमा उनकाे जवाफ छ; `त्याे कार्य सम्पादन मुल्यांकन समितिले गरेकाे हाे, थपिएका कर्मचारीकाे पनि ३ महिना मात्रै थपिएको छ अब चालककाे पनि कार्य सम्पादनकाे आधारमा थपिन्छ वा के हुन्छ त्याे मुल्यांकन समितिले गर्ला थपिए पछि काममा फर्किन्छन, नथपिए नयाँ ल्याउनुपर्छ।´

दुई हप्ता सम्म वडा अध्यक्ष कार्यालयमा नभएको र सेवा प्रभावित भएको भन्ने छ नि याे गैर जिम्मेवारी भएन र ? भन्ने प्रश्नमा उनी भन्छन; `त्यसाे हैन मैले अघि भनिसके मिडिया बाजि भयाे, सत्य केहाे भने वडा अध्यक्षकाे पनि कार्यालयकाे काम परेकाले काठमाडौ आउनु पर्ने र मेराे पनि काम परेपछि उहाँले नै चलाएर गाडी ल्याउनु भएको हाे, तर वडामा कार्यभार वडा सदस्य फत्तेसिङ घर्तीलाई दिएर आउनु भएको छ, सेवामा कुनै अस्तव्यस्त छैन।´ र उनी थप्छन- `जसले पालिका विरुद्ध नै अनावश्यक अफवाह फैलायाे त्याे मिडिया कानुन बमोजिम दर्ता छैन सरकारकाे दायरा बाहिर रहेर अनर्थ काम गर्ने र वडा अध्यक्षकाे नाम पूरा थाहा नभइ नाम समेत गलत राखेर सम्प्रेषण गरिएको छ अनि कसरी पारदर्शिता पत्रकारिता भनु अनि कसले कहाँ बसेर के खायाे र मस्ती गर्याे भन्ने कसैले पनि कसैकाे ठेक्का लिएको हुदैन हामीलाई मस्ती गरेकाे भनिएको छ केहाे मस्ती भनेकाे हामीले खाना बस्न नपाउने भन्ने त छैन हाेला नि त्यसैले याे निन्दनीय छ र सचेत हुन समेत आग्रह गर्छु।´

अध्यक्ष पुनले समाचारलाई लिएर पत्रकारलाई धम्की दिएकाे आराेप

गाउँपालिका अध्यक्ष पुन काम विशेषले जिल्ला बाहिर जादै गर्दा गाडी चालक भनिएका वडा अध्यक्ष घर्ती (पुन विज्ञप्तिमा उल्लेख) चालककाे जिम्मेवारी, पशु सेवा शाखाका कर्मचारी निमबहाुर डाँगी समेत गाउँपालिका बिना जानकारी जिल्ला बाहिर गएकाे भन्दै साेहि गाउँपालिकामा रहेकाे रेडियो सुनछहरी सहित केही अनलाइनमा रिपोर्टिङ गरेपछि अनलाइन टिभी पत्रकार संघ जिल्ला शाखा राेल्पाका सदस्य वीरेन्द्र घर्तीलाई फाेन मार्फत गाउँपालिका अध्यक्षले धम्की दिएकाे भन्दै संघले विज्ञप्ति सार्वजनिक गरेकाे छ।

संचार माध्यममा आएका समाचारलाई लिएर चित्त नबुझे कानुनी उपचार हुदाहुदै व्यक्तिगत रुपमा गाली गलौज र धम्की दिनु स्वतन्त्र माथि हस्तक्षेप र संविधानले गरेकाे सुनिश्चित पत्रकार स्वतन्त्रता र पुनः यस्ता गतिविधि नदाेर्याउन भन्दै जिल्ला अध्यक्ष भुवन थापा र सचिव रवीन्द्र पुन `सुगम´ ले संयुक्त रुपमा जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २०७९ साउन १६ गते सोमवार