साउन १३ बाँके – अनुसन्धानका लागि प्रहरी हिरासातमा रहेकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीका एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईंले प्रहरी हिरासतमा रहेकी एक महिलालाई बिहीबार राति बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शुक्रबार बिहान करिब २ बजेतिर चौलागाईंले मुद्दाबारे सोधपुछ गर्ने भन्दै महिला गत बुधबार बहुविवाह गरेको कसुरमा पक्राउ परि हिरासतमा रहेकि महिलालाई निकालेर आफ्नो माथिल्लो तलामा रहेकाे कोठामा लिएर बलात्कार गरेको आराेप महिलाको रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

घटनाको अनुसन्धानकाे लागि प्रहरी सहायक निरीक्षक चौलागाईंलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। प्रहरी उपरीक्षक अधिकारीले घटनाबारे जनसहरालाई जानकारी गराउदै भने: `आराेपित प्रहरीलाई कार्यालयमा झिकाएका छौँ, अनुसन्धान टाेलिले बयान लिइरहेको छ, म यता घटनास्थल काेहलपुर ईलाका प्रहरी कार्यालयमा बुझन आएकाे छु, अनुसन्धान हुँदै छ।´ उनले भने।

महिलाको स्वास्थ्य परीक्षण गरि महिलाबाट पनि साेधपुछ गर्ने तयारी रहेकाे र घटनाबारे अहिले कुनै केही आधार पुष्टि भईनसकेकाे प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार