साउन १० दाङ – तुलसीपुरमा एउटै घरमा भाडामा बस्ने किशोर महिलामाथि बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन।
तुलसीपुर उपमहानगरपालिका वडा नं.-६ मा कोठा भाडा लिएर बस्ने अन्दाजी १८ बर्षीय प्रदिप विकले सोही घरमा बस्ने महिलालाई बलात्कार गरेको सुचनाकाे आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गत बुधबार राति साढे ११ बजेतिर बलात्कार गरि किरण राणाको रा ६ प ५४०८ नम्बरको मोटरसाईकलमा राणा र बिक दुबै फरार रहेका थिए। राणालाई आईतबार घर नजिकै लुकीछिपी बसेको अबस्थामा र विकलाई मंगलबार दिउसो १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका -६ स्थित भित्री सडकमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए।
राणाले बिकलाई सघाएर मतियार गरेको आराेपमा पक्राउ गरेकाे र उनिहरु विरुद्ध जिल्ला अदालत दाङबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।