साउन १० पर्सा – वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७  वर्षीय राजकपुर चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टाेलिले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार