साउन ९ दाङ – आफैले पढाउने पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका -५ मा रहेको स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पिडित बालिकालाई उनको आमाले नुहाइदिने क्रममा यौनी दुख्छ भनेपछि आमाले सोधपुछ गरेपछि बालिकाले आफ्नो यौनीमा शिक्षकले बेलाबेलामा औंला पसाइदिने गरेको कुरा आमालाई बताएपछि घटना बाहिरिएको हाे र पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय भालुवाङमा पुगेर शिक्षक चौधरी विरूद्धमा लिखित किटानी जाहेरी दिएपछि साेमबार ४ बजेपछि इलाका प्रहरी कार्यालय सिसहनियाले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।

बालिकाकाे उपचारको लागि अस्पताल पठाएको र अवस्था सामान्य रहेकाे छ भने पक्राउ परेका चौधरी माथि जिल्ला अदालत दाङबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार