साउन ८ पाल्पा – बस दुर्घटना हुदा ६ जनाकाे मृत्यु भएको छ।
गुल्मीबाट बुटवलका लागि छुटेकाे लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
अहिलेसम्म ६ जनाको शव र १७ जना घाइते फेला परिसकेकाे र अझै उद्वारकाे काम भइरहेको हुदा र बस अप्ठ्यारो ठाउँमा रहेकाे हुदा मृतकको संख्या अझै बढन सक्ने लुम्बिनी ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक याेगेन्द्र सिंह थापाले बताए।
घाइतेहरुलाई उपचारका लागि तानसेन र बुटवल ल्याउने क्रम रहेको र थप विवरण आउन बाँकी रहेकाे प्रहरी उपरीक्षक थापाले बताए