साउन ८ झापा – एउटै रूखमा झुण्डिएको अवस्थामा सुनकोशी चिया बगानमा मजदुर गर्ने तीन किशोरी मृत फेला परेका छन्।
मृत फेला पर्नेमा केचनाकवल गाउँपालिका -५ बेल्लेगाउँका स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आईतबार बिहान करिब ८ बजेतिर बेल्लेगाउँ स्थित सुनकोशी चिया बगानको जिङ खोला किनारमा बयरको रूखमा उनीरूको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए।
बयरकाे एउटै रुखमा दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेकाे र घटनास्थलमा प्रहरी टाेलि पुगिसकेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए।