साउन ८ काठमाडौ – आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कारागार विधेयक २०७८ पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची अनुसार गृहमन्त्री बालकृष्ण खाँडले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक २०७६ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ।
सरकारले कैद भुक्तान गरिरहेका बन्दीलाई पनि प्रजनन अधिकार दिने गरी तयार पारेको विधेयक यसअघि २०७६ मा संसदमा दर्ता भएको थियो। उक्त विधेयकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो।