साउन ७ काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार आज मतदान हुँदैछ।

शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका हुन। जारी उक्त अधिवेशनमा शनिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मत गणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

युनियनमा पनि दुई प्यानल हावि भएको छ। पार्टीको संस्थापन र इतर प्यानलका पत्रकारको दुई वटा प्यानल चुनावी मैदानमा छ। संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल सहित चुनावी मैदानमा छन्।

युनियनमा कुल १ हजार ६३० मतदाता रहेकाे निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार