साउन ६ दाङ – महिला तथा किशोरीहरुलाई विभिन्न प्रलोभनमा पारि यौन क्रियाकलापमा लगाएको आरोपमा तीन जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका -१२ हापुरका ५० वर्षीय इन्द्रबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका -१७ का ३६ वर्षीय झमन विक र घोराही उपमहानगरपालिका -१० की ४२ वर्षीया सीता विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ परेका पुरुषहरूले किशोरी तथा महिलाहरुको खोजी गरी आफूले यौन शोषण गर्ने र पक्राउ परेकी महिलालाई जिम्मा दिएर होटेलहरुमा सम्पर्क गरि कमिसन लिएर अरुसंग पनि यौन क्रियाकलाप गर्न लगाएको उजुरी परेको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
पक्राउ परेका तिनजना विरुद्ध मानव बेचबिखन मुद्दामा जिल्ला अदालत दाङबाट म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।