साउन २ रोल्पा – एक पुुरुष मृत भेटिएका छन् ।
जिल्लाकाे रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
खत्रीको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालका स्थानीय युवराज रानाको मकैबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।
आइतबार खत्रीको शव फेला परेकाे स्थानीयले खबर गरेपछि अस्थायी प्रहरी पाेष्ट सुर्पालकाे प्रहरी टाेली घटनास्थल पुगेकाे र थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय हाेलेरीबाट समेत प्रहरी खटिएर शव पाेष्टमार्टमका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।