असार २५ राेल्पा – बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेकाे छ।
बिहीबार दिउँसो करिब दुई बजेतिर परिवर्तन गाउँपालिका वडा नं.-१ अल्गाधुरी स्थित घमेरी सामुदायिक वन जंगलमा एकिन नामथर र वतन नखुलेको अन्दाजी ३६/३७ वर्षिय पुरुषकाे शव सडीगली दुर्गन्धित भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेपछि घटना सम्बन्धमा शव भएको घटनास्थल र शव जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शवलाई जिल्ला अस्पताल रेउँघाकाे शव गृहमा राखिएको र हालसम्म पहिचान तथा सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।
प्रहरी निरीक्षक जिसीका अनुसार शवकाे हुलिया उचाई ५ फिट,माथील्लो भागको बीचको एउटा दाँत नभएको, कपडा हरियो रंगको पुरा बाहुलाको सर्ट,भित्र बैजनी रंगको हाफ बाहुला भएको टिसर्ट,खैरो रंगको हाप पाइन्ट र कालो रंगको प्लाष्टिकको जुत्ता लगाएको दाहिने खुट्टामा लगाएको जुत्ताको मुनी सोलमा प्वाल परेको रहेकाे छ।
उक्त हुलिया अनुसार कोही आफन्त तथा नातेदारले सनाखतको लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।