असार २४ रुपन्देही – लामो समयदेखि कृषकका बाख्रा चोरेर बिक्रि गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा रुपन्देही कन्चन गाउँपालिका वडा नं.-१ राताडाँडा बस्ने ३५ वर्षिय ओम थापा, साेहि ठाउँ बस्ने २१ वर्षिय सागर बि.क, २० वर्षिय रवि सुनार र १८ वर्षिय बि.एस (परिवर्तित नाम) रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ।
गत ५ गते बिहान करिब ३ बजे रुपन्देही कञ्चन गाँउपालिका वडा नं -१ पुर्वी कुचेरा स्थित पवन परियारको गोठको खोरबाट पाठापाठी सहितको माउ बाख्री ३ वटा चोरी भएको भनी निवेदन ईलाका प्रहरी सालझण्डी रुपन्देही प्राप्त पश्चात ईलाका प्रहरी कार्यालय सालझण्डी प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनी समेतको प्रहरी टोलीले खोजतलास गरी अनुसन्धान गर्दै जाने क्रममा बिहीबार बेलुका ५ बजेको समयमा सुरुमा ओम थापालाई फेला पारी सोधपुछ गर्दा गिराेह नै पक्राउ परेको हाे।
उनिहरुबाट बरामद गरीएका चिजवस्तुहरु मध्ये लु १७ प ३७१७ नम्बरको पल्सर मोटरसाईकल थान-१, लु ३५ प २४३१ नम्बरको NS मोटरसाईकल थान-१, सेतो रंगको कानमा कालो भएको १३ किलो तौल भएको जिउँदो माउ बाख्री-१, १० किलो तौल भएको जिउँदो पाठो-१, ९ किलो तौल भएको जिउँदो पाठी-१ गरि जम्मा ३ गोटा रहेका छन।
उक्त गिराेहका चोरीका श्रृङखलाहरु
१. २०७८/१०/१२ गते सैनामैना नगरपालिका -६ पटना स्थित पदम प्रसाद अर्यालको २२ के.जिको बोका रातको २ बजे चोरी गरेको ।
२. २०७८/१०/२५ गते सैनामैना नगरपालिका -६ भड्छास्थित सरस्वती ढकालको ४८ के.जीको बोका रातको १ बजे चोरी गरेको ।
३. २०७९/०३/०५ गते कञ्चन गाउँपालिका कुचेरास्थित पवन परियारको ३ ओटा खसि बाख्रा चोरी गरेको ।
४. २०७९/०३/१६ गते सैनामैना नगरपालिका -११ चौधरी घोलास्थितबाट २ ओटा खसिबोका रातमा चोरी गरेको ।
५. २०७९/०३/१७ गते सैनामैना नगरपालिका -९ ज्योतिस्थित बुद्धि सागर ढकालको १५ के.जिको बोका रातको २ बजे चोरी गरेको ।
६. २०७९/०३/१८ गते सैनामैना नगरपालिका -९ स्थित भिमबहादुर सुनारको १०/१० के.जि का बोका रातको १ बजे चोरी गरेको ।
आवश्यक कानुनी प्रकृयापछि बाख्रा धनिलाई बाख्रा जिम्मा लगाईएको र पक्राउ परेका चारैजनालाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मरासिनीले बताए। र यदि कोहि कसैको बाख्रा उनिहरुले नै चोरेको यकिन हुन आएमा यथासिघ्र ईलाका प्रहरी कार्यालय सालझण्डी वा ०७१-४६५०१४ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।