असार २२ सल्यान – अरिङगालकाे टाेकाई बाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कालिमाटी गाउँपालिका -४ बस्ने ललित रानाको ७ वर्षिय छाेरा देवदर्शन राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बुधबार करिब ३ बजेतिर आफ्नै घर नजिक खेतमा बाख्रा गाेठालाे गएका देवदर्शनलाई अरिङगालले टाेकेपछि घाइते भएको र उपचारका लागि सु्र्खेत स्थित मेहलकुना अस्पतालमा लिएकोमा उपचारको क्रममा अपरान्ह साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नायव उपरीक्षक सुमित खड्काले बताए।