असार १८ काठमाडाैं – लुम्बिनी प्रदेशकि निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले परपुरुषकाे श्रीमती र छाेरी माथि गरेकाे आक्रमण घटनाबारे अनुसन्धान गर्न बनेकाे छानबिन समितिले प्रतिवेदन बुझाएको छ।
शनिबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री बिमला वली अनाधिकृतरूपमा अरूको घरमा जानु कमजोरी भएको उल्लेख गर्दै दोषी रहेकाे समितिले ठहर गरेकाे बताएका छन।
व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएकाे भन्दै एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुगेर आक्रमण गर्नुले दाेषि रहेको मन्त्री शर्माले बताए।