असार १३ स्याङ्जा – सडकमा गुडदै गरेकाे ट्रक राेकि चालक माथि अभद्र व्यवहार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन।

पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. -०३ बस्ने २४ वर्षिय प्रसान्त गोर्खाली र
साेहि ठाउँका २३ वर्षिय सौगात जिटी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

आइतबार बिहानै करिब १ बजेतिर सिद्धार्थ राजमार्गमा भैरहवाबाट पोखरा तर्फ जादै गरेको ग १ ख ६२२२ नम्बरको ट्रकलाई उनिहरुले ट्रक राेकेर ट्रक चालक स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं. ०४ बस्ने प्रदिप बिक सँग रकम माग गर्दै
चालकलाई अभद्र व्यवहार गरेकाे सुचनाकाे आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।

उनिहरु विरुद्ध अभद्र व्यवहार मुद्धा दर्ता गरी साेमबार जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए।

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार