असार १३ राेल्पा – माडी गाउँपालिका वडा नं. ५ र ६ को सिमानामाकाे माडि खाेलामा एक बेवारिसे महिलाको शव फेला परेको छ ।

घर्तिगाउँ बजारबाट करिव ३ किलोमिटर पुर्वतिर पर्ने माडी खाेलामा तइरिएकाे अवस्थामा शव भेटिएको र शवको पहिचान अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

घटनाको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक देवराज भट्टराईकाे कमान्ड खटिएको प्रहरी टाेलिले शव अहिले निकालिसकेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

पहिचानकाे लागि स्थानीयसंग साेधपुछ भइरहेको र पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल रेउघा पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक जिसीले बताए। तस्बिर – बुद्धिमान ओली

प्रकाशित मिति : २०७९ असार १३ गते सोमवार