असार ११ सल्यान – सिद्ध कुमाख  गाउँपालिका सल्यानले पुर्वाधारलाई पहिलो प्राथमिकता दिँदै आर्थिक वर्ष ०७९/०८० का लागि कुल ३२ करोड ३९ लाख ७६  हजारको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार ११ औं गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आर्थिक, समाजिक रुपान्तरण र समाजिक न्याय कायम गर्न शिक्षा, स्वास्थ्य, शिक्षा,उत्पादन र रोजगार, जीवनस्तरमा रुपान्तरण र दिगो पूर्वाधार लक्षित कार्यक्रम अघि सारिएको छ। गाउँपालिका अध्यक्ष भरत गिरीले प्रस्तुत गरेको नीति कार्यक्रममा `शिक्षित सिद्ध कुमाख, समृद्ध सिद्ध कुमाख´ भन्ने नारा सहित  शिक्षालाइ पहिलो बुदामा उल्लेख गर्दै सभाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अध्यक्ष गीरीले प्रस्तुत गरेकाे बार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष राम बहादुर बस्नेतले प्रस्तुत गरेको बजेट वक्तव्य सर्वसम्मतिले पारित गरेको हाे।

गाउँसभामा उपाध्यक्ष बस्नेतले आगामी आ.व को लागी ३२ करोड ३९ लाख ७६ हजार रकमको बजेट पेश गरेका हुन। जस मध्ये चाालु तर्फ रु २१ करोड २५ लाख ७६ हजार र पूँजिगत तर्फ रु ११ करोेड १४ लाख रहेको छ। संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान ७ करोड ९८ लाख, सशर्त अनुदान तर्फ चालु २१करोड २५ लाख ७६हजार, पुँजिंगत ११ करोड १४लाख र राजस्व बाँडफाड ६ करोड ८० लाख ७१ हजार रहेको छ ।  प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान ७२ लाख ६२ हजार, राजस्व बाँडफाडमा ३ लाख ७५ हजार , प्रदेश सशर्त अनुदानमा १ करोड ४९ लाख ५० हजार र आन्तरिक स्रोत १ करोड ४२ लाख ६८ हजार रहेको बताइएको छ।

स्वास्थ्य तर्फ:
गाउँपालिका, समृद्ध गाउँपालिका भन्ने कुरालाइ मध्यनजर गर्दै गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुमा प्रयाप्त मात्रामा औषधिको व्यवस्थाकाे लागि प्रक्रिया बढाइने,अति विपन्न तथा गरिव नागरिकहरुलाई केन्द्रविन्दुमा राखेर विशेषज्ञ डाक्टर सहितको गाउँपालिका स्तरको स्वास्थ्य शिविर सञ्चालन, आयुर्वेद चिकित्सालाई व्यवस्थित रुपमा स्थापना गरी विरामीहरुको उपचारमा थप सेवा प्रदान गरिने घरमा सुत्केरी बनाउने परम्परालाइ निरुत्साहित गर्न र स्वास्थ्य संस्थामा सुत्केरी संख्या बढाउन वडा नं ४ को खार्वनमा वर्थिङ सेन्टरको स्थापना साथै हाल संचालनमा रहेका वर्थिङ सेन्टरहरुको पनि सुधार,स्वास्थ्य सेवालाइ सबैको पहुँचमा छिटो छरितो पुर्याउनको लागि वडा नं ५ को माझखर्कमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । त्यस्तै जेष्ठ नागरिकको स्वास्थ्य जाँचको लागि घरदैलोमा गएर चेक जाँच,सुत्केरी भएकाा महिलालाइ उपाध्यक्षको पोषण कोशेली वितरण , स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका सुत्केरीमध्ये त्यहाँ उपचार हुन नसकी जिल्ला भित्र अन्य अस्पतालमा रिफर गरेमा एम्वुलेन्स सेवा निःशुल्क  गराइने नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ।

कृषि तथा पशुपन्छी क्षेत्र तर्फ:
कृषिमा आधुनिकिकरण गर्नको लागि कृषि यान्त्रीकरणमा विशेष जोड दिने, सुन्तला, तरकारी, अदुवा र कागतीको लागि सुरक्षित भण्डारणको लागि कोल्ड स्टोर निर्माण गर्न आवश्यक पहल गरिने,पशु स्वास्थ्यलाई मध्यनजर गरी घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन,पशुपन्छीको मृत्युबाट किसानलाई हुन सक्ने जोखिम तथा क्षतिपूर्तिलाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा पशु विमा कार्यक्रमलाई लागु गरिने भएको छ ।दुग्ध उत्पादनमा वृद्धि गर्न भैसीपालन किसानलाई प्रोत्साहन गर्न भैसीपालक किसानले माग गरेका भैसीपालन सम्वन्धी योजनालाई प्राथमिकत, किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुको प्रदर्शनी गर्न गाउँपालिका स्तरीय कृषि प्रदर्शनी मेला आयोजना,कृषि व्यवसायमा नयाँ नयाँ प्रविधि र ज्ञानको बारेमा जानकारी दिलाउन गाउँपालिकाका उत्कृष्ठ कृषकहरुलाई कृषि फर्म अवलोकन भ्रमण पनि गराइने नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ।

भौतिक पूृर्वाधार तर्फ:
गाउँपालिकाका मुख्य सडकहरुको चौडाइ कम्तीमा ६ मिटर, कृषि सडकहरुको चौडाई ४ मिटर र गोरेटो बाटोको चौडाई २ मिटर हुनेगरी सडक तथा बाटो निर्माण गरिने नीतिलाई निरन्तरता दिइने भएको छ ।आगामी आर्थिक वर्षमा डाँडाकटेरी कालालेक चिनाली सडक, सहकारदेखि झारगाउँ हुँदै माझखर्क जोड्ने सडक, खारवन सागिने सडक, त्रिवेणी कागखोला कुमाख सडकको स्तरोन्नति गरिनुका साथै उचाल्ने माझखर्क र उचाल्ने करेन्जी दारिमटाकुरा सडकको स्तरोन्नति तथा निर्माण,विद्युत पहुँचबाट टाढा रहेका बस्ति तथा टोलहरुमा विद्युत विस्तार,सद्ध गुफालाई पर्यटन प्रवद्र्धन गर्न आवश्यक भौतिक पूर्वाधारको निर्माण गरीप्रचार प्रसार,पर्यटनलाइ प्रवद्र्धन गर्न राप्ती लोकमार्गको चाख्लीघाटमा मिनी पार्क स्थापना गरिने उल्लेख गरिएकाे छ ।

खानेपानी तथा सरसफाइ तर्फ:
पूर्णसरसफाई को राष्ट्रिय कार्यक्रम सफल बनाउन पहिलो चरण अन्तर्गत बजार उन्मुख ढोरचौर बजार क्षेत्रमा उत्पादन हुने फोहरमैलालाई व्यवस्थापन गर्न बजार क्षेत्रमा फोहर मलाई राख्नुका साथै डम्पिङ साइटको खोजी गरी दिर्घकालीन फोहरमैला ब्यबस्थापनको कार्य अघि बढाउने, बजार क्षेत्रमा सरसफाई कार्यलाई व्यवस्थित गरी सार्वजनिक सरसफाइमा जोड दिन सरसफाई सम्बन्धी औजार तथा सामाग्रीहरु जस्तै झाडु, पन्जा वितरण गरिने भएको छ । बजार क्षेत्र तथा सडकका दायाँ बायाँ सरसफाई सम्बन्धि सन्देशमूलक सुचना लेखिएका होडिङ बोर्डहरु राख्ने,पुराना खानेपानी आयोजनाहरुको मुहान सरसफाई गर्नुका साथै खानेपानी सम्बन्धी सामाग्रीहरुको खरिद गरी उपभोक्ता समितिहरुलाई वितरण,खानेपानी योजना सञ्चालन गर्नुपूर्व खानेपानीको मुहान अनिवार्य दर्ता गराउने व्यवस्थालाइ निरन्तरत दिइने समेत नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ।

लघु उद्यम विकास तर्फ:
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ बमोजिम लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना,बजार सर्वेक्षण तथा श्रोत सम्भाव्यता अध्ययन गर्नुका साथै सहभागितात्मक ग्रामिण लेखाजोखा र घरधुरी सर्वेक्षण मार्फत सम्भाव्य लघु उद्यमीका रुपमा सहभागीहहरुको छनौट,लघु उद्यमी समुहको गठन तथा परिचालन गरी सम्भाव्य लघु उद्यमीलाई उद्यमशिलता तालिम तालिम प्रदान लगाएता कार्यक्रम अगाडि बढाइने भएको छ । बहुक्षेत्रिय पोषण ,सुशासन तथा क्षमता विकास,रोजगार,लगाएतका कार्यक्रमलाइ पनि अगाडि बढाइने समेत जनाइएको छ ।

वडाध्यक्ष, कार्यपालिका सदस्य तथा सरोकारवालाको सहभागिता रहेको उद्घाटन कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकिय अधिकृत मार्शल वलीले गरेका थिए।

प्रकाशित मिति : २०७९ असार ११ गते शनिवार