असार १० सल्यान – एकजना महिला जनप्रतिनिधिले विषाक्त पदार्थ सेवन गरि आत्महत्या गरेकि छन।

बनगाड कुपिण्डे नगरपालिका वडा नं -९ कि वडा दलित वडा सदस्य सुनिता सार्कीकाे विषाक्त पदार्थ सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सार्कीले विषादी सेवन गरेको कुरा घरपरिवारले थाहा पाएपछि उपचारका लागि सुर्खेत मेहेलकुना अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको र अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकि रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खडकाले बताए। उनि गत स्थानीय तह निर्वाचनबाट नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएकि हुन।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार