असार ७ रोल्पा – जिल्ला सदरमुकाम लिबाङमा एक किशोरीकाे शव भेटिएको छ ।
उक्त शव रुन्टीगढी गाउँपालिका -५ छिन्नेटाकि १९ वर्षिय करिस्मा भनिने कृष्णी कामीकाे रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
रोल्पा नगरपारिका -४ लिबाङमा रहेको घरेलु तथा साना उद्योगमा गत जेठ २५ गते देखि सिपमुलक तालिम अन्तर्गत व्युटि पार्लर सम्बन्धि तालिम लिदै आएकाे र घरेलु तथा साना उद्योगको आवासमै बस्दै आएकाे उनकाे शव मङगलबार बिहान ७ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।
उनी सुतेकाे काेठाकाे ढाेका बिहान अबेरसम्म नखुलेपछि उनका साथिहरुले बोलाउदा नबोले पछि ढोका खोलेर हेर्दा मृत भेटिएकाे र नजिकै सर्प भेटिएकाले सर्पले टोकेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेपनि पाेष्टमार्टम रिपोर्ट पछि मात्रै एकिन हुने र अहिले घटनाबारे अनुसन्धान पनि भईरहेकाे प्रहरी निरिक्षक जिसीले बताए।