असार ४ सल्यान – सल्यानमा जन्ती सवार जीप दुर्घटनामा परेकाे छ।
बनगाड कुपिण्डे नगरपालिका -४ देउली बाट स्थानीय रमेश बुढाकाे माइती मानेर डाेप्के तर्फ फर्कदै गरेकाे भे १ ज १०२१ नम्बरको जन्ती सवार जीप मुरलेखाेला स्थित भित्रि सडक खण्डमा शनिबार बेलुका करिब साढे ८ बजेतिर दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटना परि ६ जना घाइते भएका छन भने एक जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।
गम्भीर घाइते मध्ये बनगाड कुपिन्डे नगरपालिका -४ डाेप्केका ३२ वर्षिय मोतिलाल बुढा रहेका छन। त्यस्तै अन्य घाइतेहरुमा साेहि ठाउँका ५७ वर्षिय मने बुढा, १० वर्षिय हरिमाया बुढाथोकी, ५० वर्षिय चित्रबहादुर बुढा, ६९ वर्षिय सहदेव बुढा र १५ वर्षिय गाेपाल बुढा रहेका छन।
घाइते सबैलाई उपचारको लागि गाउँपालिकाकाे एम्बुलेन्स मार्फत सल्लीबजार लिएकाे र चालक साेहि ठाउँकै २८ वर्षिय उदय बुढा फरार रहेकाले खाेजिकार्य गरिरहेकाे प्रहरी नायव उपरीक्षक खड्काले बताए। तस्बिर : इन्द्रबहादुर बुढाथोकी