असार १, सल्यान – सल्यान बागचौर नगरपालिका वडा नं. ३ कि क्यान्सर पिडित निर्मला डाँगीको उपचारार्थका लागि आर्थिक सहयोग रकम जुट्न सुरु गरेको छ ।
बागचौर नगरपालिका – ३ का खड्क बहादुर डाँगीको २२ वर्षिय श्रीमती निर्मला केसी डाँगीलाई क्यान्सर पुष्टि भएपछि उपचारको लागि धेरै आर्थिक लाग्ने भएको हुदा न्यून आर्थिक अवस्था भएको र परिवारलाई अप्ठ्यारो परेपछि सहयोगको लागि सबैतिर अपिल गर्नु परेको उनका श्रीमानले बताए ।
क्यान्सर पिडित निर्मलाको पहिले देखि नै हात दुख्ने र उपचार गर्न धेरै हस्पिटलमा धाउँदा अन्तिमा चितवनको क्यान्सर हस्पिटलमा गएपछि क्यान्सर भएको पुष्टि भएको हो । डाक्टरको सल्लाहमा ३ वटा कि.मु चढाउनु पर्ने भनेर ३ लाख खर्च भैसकेको र फेरि अप्रेसन गर्नुपर्ने हुँदा कम्तिमा पनि ६ लाख पैसा जम्मा गर्नुपर्ने अस्पतालले भनेपछि परिवारलाई आर्थिक संकट थपिएको हो ।
परिवार आर्थिक रुपमा न्यून रहेकाले अहिलेसम्मको उपचार खर्च पनि गाउँघर तथा इस्टमित्रको सहयोगबाट जुटेको हुँदा बाकी उपचार गर्ने देखि दैनिकी घर खर्च चलाउने समेत आर्थिक संकट थपिएपछि पिडित परिवारले वडा कार्यालयबाट सिफारिस नै लिएर सहयोग अपिल गरेको थियो ।
विभिन्न मिडियासँगै समाजिक संजालबाट सहयोगका लागि अपिल गरे लगत्तै सहयोग रकम उठ्न सुरु गरेको छ । अहिले पनि अभियानलाई व्यापक रुपमा अगाडि बढाई सहयोगको कार्य जारी रहेको छ ।
अभियान सुरु गरे देखि आजको दिनसम्म उठेको रकम:-
१) मुक्तिनाथ विकास बैंक लि. छोरीको खातामा ७१,६५४ (एकहत्तर हजार छ सय चौउन्न मात्र)
२) ग्लोबल आईएमी बैंक श्रीमानको खातामा ७०,६१८ (सत्तरी हजार छ सय अठार मात्र)
३) अभियान्ता युवराज वली (GLOBAL IME BANK) ४७,१८९ (सर्चालिस हजार एक सय उनान्नब्बे मात्र)
जम्मा रकम १,८९,४६१(एक लाख उनान्नब्बे हजार चार सय एकसट्ठी रुपैयाँ मात्र ) संकलन भएको र खर्चको लागि पैसा पुग्न बित्तिकै अभियानलाई रोकिने पारिवारिक स्रोतले जनाएको छ ।
साथै क्यान्सर पिडित निर्मलाका श्रीमान भन्छन यसरी सहयोग आउँला भन्ने सोचेको पनि थिईन कोहि नहुनेको दैब हुन्छन भन्थे हो रहेछ यो अभियान निरत्तर जारी राख्न सम्पुर्णमा अनुरोध गर्दछु।
उनले अभियान पश्चात् यस्को हिसाबकिताब सहयोगी दाताको नाम, ठेगाना र रकम सहित सार्वजनिक गर्ने समेत बताए ।
अभियानमा जोडियका अभियान्ताहरु
१) तारादेब डाँगी
२) मधु योगि
३) प्रभाकर वलि
४) युबराज वलि
५) प्रेम डाँगी
६) खुमराज डाँगी
७) इन्द्र भन्डारी
८) उदय डाँगी
९) खिमराज डि.सि.
मिडिया सहयोगी:
तुलाराम डाङ्गी क्षेत्री ( salyanpribesh.com) (साउदिको टिम)
पुस्पा रिजन डि.सी. (JANASAHARAONLINE.COM)
कमल डाँगी (रेडियो मध्य पहाड बागचौर सल्यान)
झक्कु प्रसाद शर्मा (गुराश अनलाईन)
खेमराज सुनार (salyanpress.com)
HP मगर (एक्सरे खबर.कम.)
दिपसागर भन्डारी (दियो अनलाईन)
बिरेन्द्र डि.सि. (रोजर अनलाइन)
पिडितको श्रीमानको खाता : GLOBAL IME BANK THARMARE BRANCH
: KHADKA BAHADUR DANGI
: P307010138
खाता :MUKTINATH BIKASH BANK THARMARE BRANCH
: KHADKA BAHADUR DANGI
: 04322300891932000001
थप जनकारिको लागि सम्पर्क
खड्क डि.सी. (श्रीमान) : 9809538432
भरत डि.सी. (अंकल) : 9822983113
खिमराज डि.सी. (अंकल) : 9812880251
तारादेब डि.सी. (देवर) : 9822987191