जेठ ३१ सल्यान – नागरिकता सिफारिसमा लिदै आएकाे शुल्क अब देखि शारदा नगरपालिकाले नलिने भएको छ।
नयाँ जनप्रतिनिधि आए संगै सेवामुखि सहितका विभिन्न नयाँ कार्ययाेजना अघि बढाएकाे उक्त नगरपालिकाले असार १ गते देखि लागू हुने गरि नागरिकता सिफारिसकाे लागि लिदै आएकाे शुल्क नलिने जनाएको छ।
नगरपालिकाकाे साेमबार बसेकाे बैठकबाट निर्णय गरि १५ वटै वडालाई शुल्क नलिन नगरपालिकाले परिपत्र गरेकाे छ।