जेठ ३१ काठमाडौ – यसअघि सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय खारेज गरे संगै कार्यालय समयमा हेरफेर गरेकाे छ।

सरकारले हप्तामा दुई दिन विदा मध्ये आइतबारलाई थप गरेकाे थियाे तर चौतर्फी आलोचना पछि जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको भनिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

गृह मन्त्रालयले सार्वजनिक गरेकाे विज्ञप्ति अनुसार अब नयाँ कार्यालय समय असार १ गतेदेखि लागू हुने छ। सबै सरकारी कार्यालयहरुमा हप्ताको आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्मकाे हुने भएको छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ।

त्यसैगरी माघ १६ गतेदेखि चैत मसान्तसम्म पुनःबिहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्मकाे हुने भएको छ। प्रत्येक शुक्रबारको दिन कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुने गृह मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३१ गते मङ्गलवार