जेठ ३० डडेल्धुरा – एकै घरका देवर भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेमा छन।

आलिताल गाउँमापालिका -५ भावर बस्ने भाउजु पशुपति विक र देवर गणेश विक एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

साेहि गाउँपालिका -३ र ५ सिमानामा पर्ने रेला पुलनजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर पालले बताए।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगबुढाकाे प्रहरी टाेलि पुगेर शव निकाली पाेष्टमार्टमकाे लागि पठाएको र थप अनुसन्धानकाे लागि स्थलगत अनुगमन गर्न विशेष अनुसन्धानकाे सहितको टाेली जिल्लाबाट खटिएको प्रहरी नायव उपरीक्षक पालले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार