जेठ ३० राेल्पा –  जिल्लाकाे गंगादेव गाउँपालिकाका निवर्तमान अध्यक्ष बीरबहादुर खत्रीले स्थानीय तहकाे निर्वाचनमा पराजित पछि पनि सरकारी निवास अझै छोडेका छैनन। एक साता अघि सम्पन्न कार्यपालिकाको बैठकमा निवर्तमान अध्यक्षले सरकारी निवास नछोडेको विषय व्यापक रूपमा चर्चा भएको एक कार्यपालिका सदस्यले बताएका छन्।

गाउँपालिकाको सरकारी निवास राजीनामा दिएर सरकारी सेवा फिर्तासँगै छाेड्नुपर्ने भएपनि उनले त्यसो नगरेको पाइएको छ। स्रोतका अनुसार खत्रीले त्यो निवास नछाडने नव निर्वाचित अध्यक्षले आफ्नाे व्यवस्था गर्न समेत प्रतिक्रिया दिदै आएकाे खुलेकाे छ।

स्थानीय तहले भाडामा लिएको त्याे भवन असार मसान्तसम्म करार सम्झौता बमोजिम भाडा तिरेर सम्झौता रद्द गर्ने तयारीमा गाउँपालिका रहेको नाम उल्लेख नगर्ने गरि एक कर्मचारीले बताए। राजीनामा दिएका निवर्तमान अध्यक्षबाट प्रयोग गरिरहेका सुविधा फिर्ता लिने र सरकारी सम्पतिको संरक्षण गर्ने  दायित्व प्रमुख प्रशासकीय अधिकृतमा रहेपनि गंगादेवका निमित्त प्रमुख प्रशासकीय अधिकृतसंग याे बारे साेध्दा कुनैपनि प्रतिक्रिया दिन मान्दैनन्।

गाउँपालिकाले खत्री बसिरहेकाे भवनलाई मासिक २५ हजार तिर्दै आएको स्रोत बताउँछ। अहिलेसम्म गाउँपालिकाले उपलब्ध गराएजति भाडा निवर्तमान अध्यक्षले अब पनि निरन्तर प्रयाेग गर्ने अवस्था आए साेहि भाडादरमा प्रयाेग गर्न दिने अनेथा भवन भाडामा नदिने घरधनीले यसअघि नै बताउँदै आएका छन्।

उता निवर्तमान अध्यक्ष खत्री स्राेत भने समय अभावका कारण ढिला भएको बताउँछ। उनी भन्छन्; `एउटा कोठामा उहाँको सामान छ उहाँ पालिका बाहिर भएकोले सामान सार्न भ्याउनु भएको छैन।´

बारम्बार चर्चामा आइरहने गंगादेव गाउँपालिका निवर्तमान अध्यक्ष खत्री सार्वजनिक जिम्मेवारीबाट बाहिरिए पनि सरकारी निवासकाे विषयले पुनः पालिका भित्र बाटै चर्चामा आएका छन्। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश उपाध्यक्ष समेत रहेका उनी यतिबेला स्थानीयवासी र उनी निकट पार्टी नेता–कार्यकर्ताले नैतिकता हिसाबले अहिलेसम्म उक्त सरकारी निवास बारे व्यवस्थापन गरिसक्नुपर्ने भन्दै आलाेचना गर्न थालेका छन्।

उता नवनिर्वाचित अध्यक्ष हरिबहादुर पुनले भने सरकारी निवासको सेवा नलिने घोषणा गरिसकेका छन्। तर उनकाे त्याे प्रतिबद्धता भने हेर्न बाकी छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते सोमवार